एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एटलान्टाले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा एटलान्टाले स्पेजियालाई ३-१ गोल अन्तरले हराएको हो ।
एटलान्टाको जितमा मारियो पासालिसले दुई गोल गरे । यस्तै लुइस मुरिएलको नाममा एक गोल रह्यो ।
स्पेजियाका रोबर्टाे पिकोलीले एक गोल फर्काए ।
खेलको ५३ औं मिनेटमा पासालिसले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।
खेलको ५५ औं मिनेटमा लुइसले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ७३ औं मिनेटमा पासालिसले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा स्पेजियाका रोबर्टाेले एक गोल फर्काएपनि एटलान्टाले ३-१ को जित निकाल्यो ।
जितसँगै एटलान्टा लिगको चौंथो स्थानमा उक्लिएको छ ।
एटलान्टाले २७ खेलबाट ५२ अंक जोडेको छ ।
स्पेजिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।