एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेड र एस्टन भिल्लाले बराबरी खेल्दै अंक बाडेका छन् ।
शुक्रबार राति भएको खेलमा न्युकासल र एस्टनले १-१ गोलको बराबरी खेलेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम समयमा गोल निस्किएको थियो ।
खेलको ८६ औं मिनेटमा सिआरन क्लार्कको आत्मघाती गोलबाट एस्टनले सुरुवाती अग्रता बनाएको थियो ।
तर, खेलको इन्जुरी समयमा जमाल लास्सेलेसले गोल गर्दै न्युकासललाई हारबाट जोगाए ।
यस बराबरीसँगै न्युकासलले २८ खेलमा २८ अंक जोडेको छ । न्युकासल १६ औं स्थानमा रहेको छ ।
एस्टनले २७ खेलमा ४१ अंक जोडेको छ । एस्टन नवौं स्थानमा रहेको छ ।