एजेन्सी । इटाली क्लब युभेन्ट्सका पूर्व अध्यक्ष जिओभानी गिग्लीले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नु गल्ती भएको बताएका छन् ।
उनले पोर्चुगिज स्टार रोनाल्डो महान खेलाडी भएपनि महँगो मूल्यमा अनुबन्ध गर्नु गल्ती भएको बताएका हुन् ।
‘युभेन्ट्समा उसको पहिलो दिन नै मैले भनेका थिए । उ एक महान च्याम्पियन हो तर धेरै महँगो छ,’ जिओभानीले भने, ‘उ युभेन्ट्समा छ । उनीहरुले उसलाई प्रत्येक गोलमा एक मिलियन दिनुपर्छ ।’
पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट युभेन्ट्स आएका हुन् । रोनाल्डोको सम्झौता सन् २०२२ को अन्त्यसँगै सकिदैछ ।
पूर्व अध्यक्ष जिओभानीले सिजनको अन्त्यपछि क्लबले रोनाल्डोलाई छाड्नुपर्ने समेत बताए ।
‘क्लबले रोनाल्डोलाई सिजनको अन्त्यमा फ्रि छोड्नुपर्छ । सायद उसले रोनाल्डोलाई बढुवा गरेर पदबाट हटाउछ । यो दृश्य हुनसक्छ,’ उनले भने ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्ट्सका लागि १ सय २१ खेलमा ९२ गोल गरेका छन् ।
तर, रोनाल्डोले यस सिजन युभेन्ट्सलाई च्याम्पियन्स लिगको अन्तिम आठमा पुर्याउन सकेनन् ।
युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।