एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले इटालियन क्लब एसी मिलनसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो ।
खेलको १२ औं मिनेटमा मिलानका फ्रान्क केस्सीले गोल गरेका थिए । तर, गोल अघिको ह्यान्डबलको कारण उनको गोलले मान्यता पाएन ।
खेलको ५० औं मिनेटमा युवा खेलाडी अमद डियालोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा साइमन केजेरले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै दुबै टिमको अन्तिम आठमा पुग्ने सम्भावना उत्तिकै रहेको छ ।
दोस्रो लेग खेल मिलानको मैदानमा हुनेछ । दोस्रो लेग मार्च १९ मा हुनेछ ।
युरोपा लिग अन्तर्गत नै अन्तिम १६ को पहिलो लेगमा रोमाले जित निकालेको छ ।
इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टलाई ३-० ले हराएको हो ।
स्पेनिस क्लब ग्रानडाले मोल्डेलाई २-० ले हराएको छ ।