एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदान जिदानलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
रियलले शुक्रबार एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक जिदानलाई कोरोना देखिएको जनाएको छ ।
कोरोनाको संक्रमण देखिएपछि उनि सेल्फ आइसोलेसनमा बसेको बताईएको छ ।
रियलले उनको स्वास्थ्य अवस्थाबारे केहि बताएको छैन ।
ला लिगामा रियल दोस्रो स्थानमा रहेको छ ।
रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ७ अंकले पछि रहेको छ ।