एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले गोलकिपर माट रायनलाई लोनमा अनुबन्धित गरेको छ ।
आर्सनलले अष्ट्रेलियन गोलकिपरलाई ब्राइटनबाट अनुबन्ध गरेको हो ।
२८ वर्षीय गोलकिपरलाई आर्सनलले यस सिजनको अन्तिमसम्मको लागि अनुबन्ध गरेको हो ।
रायनले ब्राइटनबाट १ सय २१ प्रिमियर लिग खेलेका छन् ।
रायन सन् २०१७ मा भ्यालेन्सियाबाट ब्राइटन आएका थिए ।
उनले अष्ट्रेलियाका लागि ५९ खेल खेलिसकेका छन् ।