काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत भोलि (शनिबार) तय भएको दुई खेल स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल बन्दको कारण शनिबार तय भएको दुई खेल स्थगित गरिएको जनाएको छ ।
एन्फाले स्थगित खेल आइतबार हुने जनाएको छ ।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा भोलि नेपाल बन्दको आह्वान गरेको छ ।
जसको कारण दुई खेल स्थगित गरिएको हो ।
शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्ने तालिका रहेको थियो ।
यस्तै दोस्रो खेलमा एपीएफ र विराटनगर नगरपालिकाबीचको खेल तय थियो ।
महिला लिगमा तीन विभागीयसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।