एजेन्सी । घानाको एक फुटबल एकेडेमीमा इजिप्टका धनाढ्यले लगानी गरेका छन् ।
घानाको राइट टु ड्रिम एकेडेमीमा इजिप्टका धनाढ्यले १ सय २० मिलियन अमेरिकी डलर लगानी गरेको हो ।
सन् १९९९ मा स्थापना भएको एकेडेमीमा द मनसुर ग्रुपले लगानी गरेको हो ।
प्रिमियर लिग क्लबले आफ्नो स्काउटको रुपमा उक्त एकेडेमीको स्थापना गरेको थियो ।
अफ्रीकाका प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित युनाईटेड एकेडेमी स्थापना गरेको हो ।
इजिप्टका धनाढ्य मोहमेद मनसुरले लगानी गरेसंगै एकेडेमीले स्तरीय खेलाडीहरु उत्पादन हुने विश्वास गरिएको छ ।
यस एकेडेमीबाट उत्पादित खेलाडीले घानाको राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।