एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा एट्लेटिकोले आइबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लुइस सुआरेज चम्किएपछि एट्लेटिकोले पुनरागमन जित निकालेको हो ।
खेलमा सुरुवाती अग्रता भने आइबरले बनाएको थियो ।
खेलको १२ औं मिनेटमा मार्कोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसंगै एट्लेटिकोले १७ खेलमा ४४ अंक जोडेको छ ।
एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा ७ अंकले अघि रहेको छ ।
आइबर १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।