एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आज बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।
साविक विजेता लिभरपुलले घरेलु मैदानमा बर्नलीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल बर्नलीविरुद्ध सहज जित निकाल्ने योजनामा हुनेछ ।
लिभरपुल जित निकाल्दै शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्न चाहन्छ ।
तर, लिभरपुललाई बर्नलीले कडा चुनौती दिने अनुमान गरिएको छ ।
लिभरपुल ३४ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
शीर्ष स्थानको म्यानचेस्टर युनाईटेड भन्दा लिभरपुल ६ अंकले पछि रहेको छ ।
बर्नली १६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।