काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा वालिङले १-० गोलको अग्रता बनाएको छ ।
खेलको दोस्रो मिनेटमै वालिङले अग्रता बनाएको हो । कर्नरबाट आएको बलमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी हुन् ।
दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।