एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेता समेत रहेको लिभरपुलले घरेलु मैदानमा युनाईटेडको सामना गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । तर, बलियो युनाईटेडविरुद्ध जित निकाल्न लिभरपुललाई सहज भने छैन ।
लिभरपुल घरेलु मैदानमा युनाईटेडलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।
यता, युनाईटेड भने लिभरपुललाई उसैको मैदानमा हराएर शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।
युनाईटेड १७ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लिभरपुल ३३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
सेफिल्ड युनाईटेडले टोटेनहमसँग खेल्नेछ ।