एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज बोरुसिया डर्टमण्ड, आरबी लाइपजित लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
उपाधि दाबेदार डर्टमण्डले घरेलु मैदानमा मैन्जसँग खेल्नेछ ।
डर्टमण्ड घरेलु मैदानमा जित निकाल्दै शीर्ष ३ भित्र उक्लन चाहन्छ ।
डर्टमण्ड २८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मैन्ज ६ अंक जोडेर पुछारमा रहेको छ ।
लाइपजिगले वोल्फ्सबर्गसँग उसैको मैदानमा खेल्नेछ । लाइपजिग जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।
लाइपजिग ३१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २५ अंक जोडेको वोल्फ्सबर्ग छैटौं स्थानमा रहेको छ ।
यस्तै कोल्नले हेर्था बर्लिनसँग खेल्दा होफेनहाइमले अर्मेनियासँग खेल्नेछ ।
बोरुसिया मन्छेनग्लाडबाखले स्टुटगार्ड र वेर्डर ब्रेमेनले अग्स्बर्गसँग खेल्नेछ ।