काठमाडौं । एफसी विजयी युथ हेटौडा गोल्डकपमा १० टिम सहभागी हुने भएका छन् ।
माघको अन्तिम साता मकवानपुरमा हुने गोल्डकपमा आयोजक सहित १० टिम सहभागी हुने टुङ्गो लागेको हो ।
प्रतियोगितामा आयोजक एफसी विजय युथ क्लब सहित, मकवानपुर ११, एनजेजेवाईसी सिमरा, वीरगंज युथ एकेडेमी, वीरगंज युनाईटेड, सर्लाहि–११, सिन्धुली दुधौली स्पोर्टस क्लब, हर्दी युवा समाज चितवन, सेन्ट्रल कलेज बीएफसी चितवन र काठमाडौं एफ सि रिया सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता माघ २२ देखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछ ।