एजेन्सी । फ्रेन्च लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासबर्गमाथि ४–० को जित निकालेको छ ।
बुधबार राति घरेलु मैदानमा स्ट्रासबर्गमाथि पीएसजीले सहज जित निकालेको हो ।
पीएसजीका लागि युवा खेलाडी टिमोथे पेम्बेले क्लबका लागि पहिलो गोल गरे ।
स्ट्रासबर्गमाथि जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनमाथि दबाब कायमै राखेको छ ।
पीएसजीका लागि थप गोल केलियन एम्बाप्पे, इद्रिसा ग्युये र मोइज केनले गरेका थिए ।
पीएसजी तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानको लियोन र दोस्रो स्थानको लिली भन्दा पीएसजी एक अंक तल छ ।
नेयमारले चोटका कारण पीएसजीको खेल गुमाएका थिए । तर घरेलु टोलीले अन्तिम १० मिनेटमा तीन गोल निस्किएको थियो ।
बुधबारनै लियोनले नान्ट्स र लिलीले मोन्टपिलियरलाई हराउँदै लिग तालिकामा आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
थोमस टुचेल नेतृत्वको पीएसजीले फ्रेन्च लिगका ६ खेलमा अंक गुमाएको छ । तर विन्टर ब्रेक अघि टिम शीर्षताको होडमा देखिएको छ ।