एजेन्सी । थियो हर्नान्डेजले ९३ औं मिनेटमा गरेको गोलमा सिरि ए फुटबलमा एसी मिलानले लाजियोलाई हराएको छ ।
बुधबार राति प्राप्त नाटकीय जितसंगै एसी मिलानले लाजियोलाई ३–२ गोल अन्तरले हराएको हो ।
जितसंगै मिलान क्लबले सिरि ए फुटबलमा आफ्नो अग्रतालाई कायमै राखेको छ ।
एन्टन रेबिले हेडमार्फत मिलान क्लबलाई अग्रता दिलाएका थिए । हकन कल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै १७ औं मिनेटमा अग्रतालाई दोब्बर बनाउने काम गरे ।
दोस्रो हाफमा लगातार दुई गोल गर्दै लाजियो खेलमा फर्कियो । लुईस अल्बर्टो र सिरो ईमोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई बराबरीमा ल्याएका थिए ।
तर हर्नान्डेजले हेडमार्फत गोल गर्दै मिलानलाई जित दिलाए ।
जितसंगै एसी मिलानले शहरी प्रतिद्धन्दी ईन्टरसंग एक अंकको अग्रता लिन सफल भएको छ । एसी मिलानले बराबरी खेलेको अवस्थामा ईन्टरले शीर्ष स्थान कब्जा गर्ने समिकरण थियो ।
बुधबारनै भएको अर्को खेलमा ईन्टरले भिरोनामाथि २–१ को जित निकाल्यो ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले घरेलु मैदानमा फियोरेन्टिनासंग ३–० को हार ब्यहोरेको थियो ।
एसी मिलान क्लब मुख्य फरवार्ड ज्लाटन ईब्राहिमोभिच बिनै मैदान उत्रिएको छ । एसी मिलान सन् २०१०–११ पछि पहिलो पटक लिग उपाधि जित्ने लक्ष्मा छ ।