एजेन्सी । कारबाओ कप फुटबलमा टोटेनहम हर्टसपरले स्टोक सिटीलाई हराएको छ ।
बुधबार भएको क्वार्टरफाईनल खेलमा टोटेनहमले स्टोकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
जितसंगै टोटेनहम कारबाओ कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
ग्यारेथ बेलले २२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अघि बढाएका थिए । रियल मड्रिडबाट टोटेनहम आएका बेलले तेस्रो गोल गरेका हुन् ।
पहिलो हाफमा राम्रो दबाब बढाएपनि टोटेनहमले थप गोल गर्न भने सकेन ।
लिभरपुलका उपाधि विजेता टोलीका सदस्य गोलकिपर एन्डी लोनेर्गनले पहिलो हाफमा टोटेनहमका डेली अली र ह्यारी केनलाई निराश बनाएका थिए ।
दोस्रो हाफको सुरुवातमा स्टोकले सुधारिएको प्रर्दशन गर्यो । घरेलु टोलीका जोर्डन थम्पसनले ५३ औं मिनेटमा स्टोक सिटीका लागि बराबरी गोल फर्काएका थिए ।
वेन डेभिसिले ८० औ मिनेटमा पुन टोेटेनहमलाई २–१ ले अघि बढाए । कप्तान ह्यारी केनले ८१ औंं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई ३–१ को जित दिलाए ।
जितसंगै टोटेनहम सन् २००८ पछि मुख्य उपाधितर्फ अघि बढेको छ ।
टोटनहमले सेमिफाईनल ‘ड्र’ अनुसार जनवरीको सुरुवातमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डसंग खेल्नेछ ।
बुधबार रातिनै जित निकालेको म्यान्चेष्टर युनाईटेडले म्यान्चेष्टर सिटीसंग फाईनल प्रवेशका लागि खेल्नेछ ।