एजेन्सी । ईङ्ल्याण्ड एवंम एथ्लेटिको मड्रिडका डिफेन्डर किरन ट्रिपरलाई १० हप्ताको प्रतिबन्ध लागेको छ ।
ईङ्लिस फुटबल संघले उनलाई साढे २ महिनाका लागि सम्पुर्ण किसिमकाे फुटबल गतिविधिबाट प्रतिबन्ध गर्दै ७० हजार पाउण्डको जरिवाना समेत गरेको छ ।
सट्टेबाजीसंग जोडिएको नियमको उल्लंघन गरेकाे आरोपमा संघले उनलाई कारबाहीको सुनाएको हो ।
ट्रिपरले सन् २०१९ को जुलाईमा नियम उल्लंघन गरेका थिए । तर उनले यसलाई अस्विकार गर्दै आएका थिए । सोही समय उनले टोटेनहमलाई छोड्दै एट्लेटिको मड्रिडमा अनुबन्धित भएका थिए ।
ईङ्लिस फुटबल संघले कारबाही प्रक्रिया तत्काल लागु हुने बताएको छ । उनको टिम एट्लेटिको लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।
उनले ला लिगाको १२ खेल गुमाउनेछन् । जसमा च्याम्पियन्स लिगको अन्तिम १६ को घरेलु मैदानमा हुने चेल्सीविरुद्धको खेल समेत रहेको छ ।
उनी मार्च ७ मा हुने मड्रिड डर्बीमा भने उपलब्ध हुनेछन् ।