एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले वेस्ट ब्रुमसंग निराशाजनक बराबरी खेलेको छ ।
मंगलबार राति सिटीले घरेलु मैदान ईतिहादमा रेलिगेशन क्षेत्रमा रहेको वेस्ट ब्रुमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा अग्रता सिटीले एल्के गुन्डोगानको गोलमा लिएको थियो । रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा गुन्डोगानले गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम समयमा सिटीका रुबिन डायसले आत्मघाति गोल गरेपछि वेस्ट ब्रुम खेलमा फर्कियो ।
दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल हुन सकेन ।
अधिकांश समय बललाई नियन्त्रणमा राख्दा समेत सिटीले खेल गुमाउन पुग्यो । खेलको नतिजाले सिटी प्रशिक्षक पेप ग्वार्डिओला निराश देखिए । उनले यस प्रकारको खेल आफुले जित्नुपर्ने धारणा राखे ।
सिटी तालिकाको छैटौं स्थानमा रहेको छ । सिटी शीर्ष क्लब भन्दा ५ अंकको दुरीमा रहेको छ ।
‘हामीले मौका बनायौं । हामीले खेललाई नियन्त्रणमा राख्यौं । तर तपाईलाई जित्न आवश्यक छ । यो खेलले नतिजामा काम गर्छ ।’ नतिजाले निराश बनेको ग्वार्डिओलाले भने ।
सिटीलाई फरवार्ड लाईनले यस सिजन दुख दिएको छ । आक्रमक मिडफिल्डर डेबिड सिल्भा रियल सोसिडाड लागेका छन् भने सर्जियो अग्युरो चोट मुक्त हुँदै लयमा फर्कन संघर्षरत छन् ।
सिटी २० अंक सहित तालिकाको छैटौं स्थानमा रहदाँ रेलिगेशन क्षेत्रमा रहेका वेस्ट ब्रुमले ७ अंक जोडेको छ ।