एजेन्सी । प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी उल्भ्ससंग स्तब्ध बनेको छ ।
मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो ।
चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले खेलाडीको थकानका कारण अन्तिम मिनेटमा खेल गुमाएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार ब्यहोरेको छ ।
खेलमा अग्रता चेल्सीले ओलिभर जिराउडको गोलमा लिएको थियो । वेन चिलवेकको पासलाई सदुपयोग गर्दै जिराउडले लण्डन क्लबलाई अग्रता दिलाएका थिए ।
घरेलु टोली उल्भ्सका ड्यानियल पोडेन्सले ६६ औं मिनेटमा खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ईन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे ।
चेल्सी घरेलु लिगमा लगातार दुई खेलमा पराजित बनेको छ । उसले शनिबार एभर्टनसंगको खेल गुमाएको थियो ।
जितले चेल्सीलाई शीर्ष स्थानको टोटेनहम र लिभरपुलसंग अंक बराबरी गर्ने अवसर लियो । चेल्सी २२ अंक सहित तालिकाको पाँचौ स्थानमा रह्यो । उल्भ्स २० अंक सहित शीर्ष १० मा उक्लिन सफल बन्यो ।