एजेन्सी । लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले टोटेनहमका ब्यवस्थापक जोसे मौरिन्होको प्रशंसा गरेका छन् ।
क्लोपले प्रशिक्षकको रुपमा मौरिन्होले क्लबलाई नतिजामुखी मेसिन बनाउन सफल भएकोमा प्रशंसा गरेका हुन् ।
क्लोपले मौरिन्होको टोटेनहमलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दैछन् । दुवै टिम प्रिमियर लिगको शीर्ष स्थानमा छन् । समान अंक जोडेको भएपनि गोल अन्तरका आधारमा टोटेनहम शीर्ष स्थानमा छ । बुधबार प्रिमियर लिगको खेलमा दुवै क्लब एनफिल्डमा भिड्दैछन् ।
‘उनीहरुले यस वर्ष जसरी खेलिरहेका छन् । त्यो निकै राम्रो छ ।’ जर्मन प्रशिक्षकले भने ।
‘काउन्टर आक्रमणको रणनीति मात्र हैन, उनीहरु उत्कृष्ट फुटबल खेलिरहेका छन् ।’ क्लोपनले भने ।
चेल्सी र रियल मड्रिडका पूर्व प्रशिक्षक मौरिन्होले गत सिजनबाट टोटेनहमको कमान्ड सम्हालेका हुन् । उनले मौरिसियो पोचिटिनोलाई स्थानान्तरण गर्दै टोटेनहमको बागडोर सम्हाल्न आईपुगेका हुन् ।
मौरिन्हो सन् २०१८ को डिसेम्बरमा म्यान्चेष्टर युनाईटेडको ब्यवस्थापकबाट बर्खास्तिमा परेका थिए ।
मौरिन्होले टोटेनहमको नेतृत्व लिने समय क्लब तालिकाको १४ औं स्थानमा थियो । टोटेनहमले पछिल्ला ५ खेलमा जित निकाल्न सकेको थिएन ।
तर मौरिन्होले टोलीलाई कोरोनाले प्रभावित बनेको सिजनको छैटौं स्थानमा टुङ्गाएका थिए । नयाँ सिजन मौरिन्हो पुरानै लयमा देखिएका छन् । उसले यस सिजन मात्र एक लिग खेल गुमाएका छन् ।
‘उनले पुनरागमनको कौशल देखाएको छ । उनी टोटेनहममा निकै प्रभावशाली देखिएका छन् । उनले त्यो चिज क्लबमा देखाएका छन् ।’ क्लोपले भने ।
उनले खेलाडीलाई नतिजा मसिनमा परिणत गरिदिएका छन् ।
क्लोपको प्रतिक्रियामा मौन्हिोले परिणाम निकै सकारात्मक रहेको बताए । उनले यसरी आफ्नो पक्षमा प्रशंसा गर्ने विषय निकै चाँडो भएको उल्लेख गरे ।
‘राम्रो नतिजाको अवधि केही महिना हुन्छ । नतिजा मसिन यो भन्दा धेरै अधिक हुन्छ ।’ उनले थपे ।
‘नतिजा मसिन त लिभरपुलले केही वर्ष यता गर्दै आएको छ । एक नतिजा मेसिन त्यो समय थियो, जब म चेल्सीमा थिए । क्लबले लगातार दुई सिजन उपाधि जितेको थियो ।’ उनले भने, ‘हामी राम्रो टिम हौ, जो धेरै मेहनत गर्छौ । तर लिभरपुल १ हजार ८ सय ९४ दिनको परिणाम हो । यदी म योर्गेनसंग गलत छैन भने । हामी ३ सय ९० दिनको परिणाम हौ ।’