एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (मंगलबार) राति दुई खेल हुँदैछ ।
म्यान्चेष्टर सिटीले वेस्ट ब्रुमलाई आतिथ्यता प्रदान गर्दा लण्डन क्लब चेल्सी उल्भ्सको भ्रमणमा निस्कनेछ ।
उल्भ्सका मिडफिल्डर जोआओ मौटिन्हो दुई पहेलो कार्डका कारण चेल्सीविरुद्ध उपलब्ध हुने छैनन् । यस्तै, राहुल जिमिनेस समेत मैदान फर्कने निश्चित छैन ।
यता चेल्सीका क्रिस्टियन पुलिसिक भने टिममा फर्कनेछन् । चोटका कारण उनले एभर्टनविरुद्धको खेल गुमाएका थिए । हामिक जियाच र हुडसन ओडोई चेल्सीको जर्सीमा देखिने छैनन् ।
पछिल्लो खेलमा एभर्टनसंग स्तब्ध बनेको चेल्सीलाई शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी गर्ने अवसर छ । १३ औं स्थानको उल्भ्स लण्डन क्लबलाई हराउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
यता, म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरो वेस्ट ब्रुमविरुद्ध देखिन सक्नेछन् । ज्वरोका कारण उनले म्यान्चेष्टर डर्बीविरुद्धको खेल गुमाएका थिए । मांशपेशीमा देखिएको समस्याका कारण ईरिक ग्रासिया समेत मंगलबारको खेलमा देखिने छैनन् ।
वेस्ट ब्रुमलाई डिफेन्डर काइल बार्टको उपस्थिती खट्किनेछ । त्यो सूचिमा साम फिल्ड समेत रहेका छन् । तीन खेलको प्रतिबन्ध रहेका माथियस परेरा समेत वेस्ट ब्रुमको टोलीमा रहने छैनन् ।
सिटीलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर छ । वेस्ट ब्रुम समेत शीर्ष ५ को दौडलाई थप बलियो बनाउन चाहन्छ ।