एजेन्सी । प्रारम्भिक परिक्षणले शनिबार नेयमारको खुट्टामा लागेको चोट गम्भिर नभएको देखिएको छ ।
फ्रेन्च लिग वानमा खेल्ने क्रममा डिफेन्डर थियागो मेन्डेसको खराब ट्याकल ब्यहोरेका नेयमारको ‘एङ्गल’मा गम्भिर चोट देखिएको छैन ।
लिग वानमा लियोनसंग १–० ले पराजित बनेको खेलमा नेयमारले चोट बोकेका थिए ।
प्रारम्भिक रिपोर्टले नेयमारको सल्यक्रिया गर्न नपर्ने देखिएको छ । मैदान छाड्ने क्रममा उनलाई स्ट्रेचरमा राखेर निकालिएको थियो । मैदान छाड्दा नेयमारले निकै दुखाई महशुश गरेका थिए ।
थप परिक्षण पछि नेयमार मैदान फर्कने विषय टुङ्गो लाग्ने बताईएको छ । नेयमार चाँडै मैदान फर्कने अपेक्षा गरिएको छ ।
उनी थोमस टुचेलको टिममा फर्किएर पीएसजीलाई पुन लिग वानको शीर्ष स्थानमा फर्काउने र उपाधि रक्षामा सहयोग गर्ने क्लबको विश्वास छ ।
लिग वानमा पीएसजी तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिलीले १४ खेलबाट २९ अंक जोडेको छ । समान अंक भएपनि गोल अन्तरका आधारमा लियोन दोस्रो स्थानमा छ । तेस्रो स्थानको पीएसजीको २८ अंक छ ।
नेयमार एक पटक ‘रिहाव’को प्रक्रियाबाट गुज्रनुपर्ने छ । उनी च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको खेलमा मैदान फर्कने विश्वास गरिएको छ ।
पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मै बार्सिलोनालाई प्रतिद्धन्दीको रुपमा पाएको छ । चोटका कारण सुरुवाती केही खेल गुमाएपनि उनी च्याम्पियन्स लिगसम्म तयार हुने प्रारम्भिक रिपोर्टले देखाएको छ ।
च्याम्पियन्स लिगको 'ड्र' अनुसार नेयमारले अन्तिम १६ मै पूर्व क्लबविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिएको हो ।