एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलको 'ड्र' सार्वजनिक भएको छ ।
यूईएफएले सोमबार अन्तिम १६ को 'ड्र' सार्वजनिक गरेको हो ।
सार्वजनिक 'ड्र' अनुसार स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।
साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ ।
स्पेनको रियल मड्रिडले इटालीको एट्लान्टासँग खेल्दा बोरुसिया डर्टमण्डले सेभियासँग खेल्नेछ ।
इंग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लाइपजिगसँग खेल्नेछ ।
त्यस्तै इटालीको युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग खेल्दा चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।
म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडवाकसँग खेल्नेछ ।
अन्तिम १६ अन्तर्गतको पहिलो लेग खेल फेब्रुवरी १६,१७,२३ र २४ मा हुनेछ ।
त्यस्तै दोस्रो लेग मार्च ९,१०,१६ र १७ मा हुनेछ ।