एजेन्सी । इंग्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड हुलियरको निधन भएको छ ।
लामो समयबाट मुटुको बिरामी रहेका फ्रान्सेली प्रशिक्षक हुलियरको सोमबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
लिभरपुलले सोमबार उनको निधन भएको पुस्टि गरेको छ ।
हुलियर सन् १९९८ देखि २००४ सम्म लिभरपुलको मुख्य प्रशिक्षक रहेका थिए ।
लिभरपुललाई उनले यूईएफए कप, लिग कप र एफए कप जिताएका थिए ।
हुलियरले फ्रान्सको राष्ट्रिय टिम, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनलाई समेत प्रशिक्षण दिएका थिए ।
उनको नेतृत्वमा लियोनले दुई पटक लिग वानको उपाधि दिलाएका थिए ।
हुलियरले अन्तिम पटक इंग्लिस क्लब एस्टन भिल्ला हेरेका थिए ।
उनले सन् २०११ मा एस्टन छाडेका थिए ।