एजेन्सी । एजेन्ट मिनो रायोलाले म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले क्लब छोड्न चाहेको बताएका छन् ।
फ्रान्सेली स्टार युनाईटेडमा खुसी नरहेको भन्दै एजेन्ट रायोलाले पोग्बाले अर्को समर ट्रान्सफरमा क्लब छाड्न चाहेको बताएका हुन् ।
फ्रान्सेली मिडफिल्डरको वर्तमान सम्झौता सन् २०२२ को जुलाईसम्म रहेको छ ।
२७ वर्षिया मिडफिल्डरले यस सिजन प्रिमियर लिगका ८ खेलमा मैदान उत्रिएका छन् । उनी ५ खेलमा प्लेईङ सेटमा रहेर मैदान उत्रिएका हुन् भने गत शनिबारमात्र उनले पहिलो गोल गरेका थिए ।
‘पोग्बा खुसी छैन् । उनी आफै ब्यक्त गर्न सक्षम छैनन् । अब उनको चाहना अनुसार हुनेछ ।’ रायोलाले भने ।
‘उनी टिम परिवर्तन गर्न चाहन्छन् । उनी नयाँ हावा लिन चाहन्छन् ।’ उनले थपे ।
‘उनको सम्झौता डेढ वर्षमा सकिदैछ । मलाई लाग्छ, आउँदो सरुवा बजारमा उनलाई बेच्नुनै राम्रो समाधान हुन्छ ।’ उनले भने ।
एजेन्ट रायोलाले सम्झौता नविकरण गर्न पोग्बालाई कुनै ईच्छा नभएको बताएका छन् ।
उनी सन् २०१६ मा ८९ मिलियन पाउण्डमा युभेन्ट्सबाट युनाईटेडमा फर्किएका थिए । उनले रियल मड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताउँदै आएका छन् ।
गत नोभेम्बरमा फ्रान्सका प्रशिक्षक डिडियर डिसच्याम्पसले वर्तमान अवस्थामा पोग्बा युनाईटेडमा खुसी नरहेको बताएका थिए ।
उनी गत सिजन सबै प्रतियोगितामा २२ खेलमा देखिए । चोटका कारण उनले गत सिजन समेत राम्रोसंग खेल्न पाएनन् । गत अगष्टमा नयाँ सम्झौताबारे छलफल सुरु भएको स्वयम एजेन्ट रायोलाले बताएका थिए ।
तर सोमबार एजेन्ट रायोलाले पोग्बाको युनाईटेड बसाई लगभग सकिएको बताएका छन् ।
‘यसको वरिपरी जान बेकार छ । स्पष्ट रुपमा बोल्न आवश्यक छ । अगाडी हेर्न आवश्यक छ । र समय बबार्द गर्न हुदैन ।’ उनले भने ।