एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साउथह्याम्पटनले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।
साउथह्याम्पटनले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा साउथह्याम्पटन सहज जित निकाल्ने योजनामा हुनेछ ।
यस्तै साउथह्याम्पटन ब्राइटनलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
साउथह्याम्पटन १७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
घरेलु मैदानमा ब्राइटनलाई हराएमा साउथह्याम्पटन पाँचौं स्थानमा उक्लने छ ।
ब्राइटन १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
ब्राइटन पनि साउथह्याम्पटनलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।