एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा सोसिडाड डिपोर्टिभो अलाभेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
अलाभेसको मैदानमा बल पोजिसनमा पकड जमाएपनि सोसिडाडले गोल गर्न सकेन् ।
यस्तै घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । खेलको ६१ औं मिनेटमा रोड्रिगो आन्द्रेसले रातो कार्ड पाएपछि अलाभेस १० खेलाडीमा समेटिएको थियो ।
अलाभेससँग बराबरीमा रोकिएपछि सोसिडाडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
सोसिडाड २५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अलाभेस १४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
अर्को खेलमा भिल्ला रियलले इल्चेसँग गोलरहित बराबरी खेलेको छ ।