एजेन्सी । सिरि ए फुटबलमा एसी मिलानले स्पष्ट ५ अंकको अग्रता लिएको छ ।
आईतबार राति साम्पोडियालाई २–१ गोल अन्तरले पराजित गर्दै एसी मिलानले सिरि एमा फराकिलो अग्रता बनाएको हो ।
यस सिजन एसी मिलान घरेलु लिगमा अपराजित रहेको छ ।
फ्रेक्स किसीको गोलमा पहिलो हाफमा एसी मिलानले खेलमा अग्रता लिएको थियो ।
थियो हर्नान्डेजको हेड बलमा साम्पोडियाका जाकुब जाक्टोले ह्यान्ड बल गर्न पुगेपछि मिलान क्लबले पेनाल्टीको अवसर पाएको थियो ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सामु क्यास्टिलिजोले पहिलो टचमै मिलान क्लबको अग्रता दोब्बर बनाए ।
साम्पोडियाका अलबिन एकदलले एक गोल फर्काएका थिए ।
एसी मिलानले यस सिजन घरेलु लिगमा १० खेलसम्म अपराजित रहन सफल भएको छ । सन् २००३–४ मा कार्लोस एन्सेलोटीको लामो जितको श्रृङ्खलालाई एसी मिलानले यस सिजन बराबरी गरेको छ ।
ईन्टर मिलान दोस्रो स्थानमा रहेको छ । त्यस्तै नापोली र युभेन्ट्स क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् । साम्पोडिया ११ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।