एजेन्सी । साविक विजेता रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा आज (आइतबार) पहिलो खेल खेल्दैछ ।
रियलले आइतबार रियल सोसिडाडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्ने छ ।
सोसिडाडको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
रियल सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमै रियल महत्वपूर्ण ३ अंक जोड्न चाहन्छ । तर, घरेलु टिमविरुद्ध रियललाई कठिन भने हुनेछ ।
सोसिडाड पनि रियललाई हराएर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा सोसिडाडले रियल भालाडोलिटसँग १-१ गोलको बराबरी खेलेको थियो ।
ला लिगा अन्तर्गत नै रियल बेटिसले रियल भालाडोलिटसँग खेल्दा ग्रानडाले डिपोर्टिभो अल्भेससँग खेल्नेछ । यस्तै हुएस्काले काडिजसँग खेल्नेछ ।