एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ ।
प्रिमियर लिगमा आइतबार साविक विजेता लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
स्टामफोर्ड ब्रिजमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छ ।
दुबै टिम लगातार दोस्रो जित निकाल्ने योजनामा समेत हुनेछ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
साविक विजेता लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको थियो ।
चेल्सीले भने ब्राइटनलाई ३-१ ले हराएको थियो ।
सुखद सुरुवात गरेको दुबै टिम उक्त लयलाई कायम राख्न चाहन्छ ।
तर, चेल्सीलाई भने खेलाडीको चोटले सताउने छ ।
डिफेन्डर थियागो सिल्भा, वेन चिलवेल, हाकिम जियाच र क्रिस्टियन पुलिसिचले लिभरपुलसँग खेल्ने छैनन् ।
तर, काइ हाभार्ट्ज, टिमो वेर्नेरले लिभरपुलविरुद्ध खेल्ने छन् ।
लिभरपुललाई भने चोटको समस्या छैन । शुक्रबार अनुबन्धित भएका मिडफिल्डर थियागो अलाकान्टराले डेब्यु गर्ने सम्भावना रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै आइतबार लेष्टर सिटीले बर्नलीसँग खेल्नेछ ।
त्यस्तै टोटेनहमले साउथह्याम्पटन तथा न्युकासलले ब्राइटनसँग खेल्नेछ ।