एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलले आइबरलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा भिल्लाले आइबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भिल्लालाई जित दिलाउन जेरार्ड मोरेनो र पाको अल्कासरले एक एक गोल गरे ।
आइबरका किकेले एक गोल फर्काए ।
जितसँगै भिल्लाले २ खेलमा ४ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आइबरको १ अंक रहेको छ ।
अर्को खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई २-१ ले नै हराएको छ ।
सेल्टालाई जित दिलाउन इयागो आसपसले दुई गोल गरे । भ्यालेन्सियाका म्याक्सिमिलानो गोमेजले एक गोल फर्काए ।
त्यस्तै गेटाफेले ओसासुनालाई १-० ले हराएको छ ।