एजेन्सी । स्पेनिस स्टार पेड्रोको डेब्यु खेलमा रोमाले सिरि ए फुटबलमा बराबरी खेलेको छ ।
शनिबार राति सुरु सिरि एको नयाँ सिजनमा रोमाले हेलास भेरोनासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
पेड्रो लण्डन क्लब चेल्सीबाट फ्रि–ट्रान्सफर अन्तर्गत रोमा लागेका हुन् । उनले लामो समय चेल्सी र स्पेनिस क्लब बार्सिलोनामा बिताएका थिए ।
अर्को खेलमा फियोरेन्टिनाले टोरिनोलाई १–० ले हरायो । फियोरेन्टिनाका लागि खेलको ७८ औं मिनेटमा गेटानो क्यास्ट्रोविलीले गोल गरेका थिए ।
नयाँ सिजनमा पहिलो जित दर्ता गर्दै फियोरेन्टिनाले ३ अंक जोड्यो ।
गत सिजनको च्याम्पियन युभेन्ट्सले आज (आईतबार) राति साम्पोडियासंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।