एजेन्सी । बायर्न म्युनिखका मिडफिल्डर थियागो अल्कान्टारा लिभरपुल आउने पक्का भएको छ ।
एनफिल्ड क्लब जर्मन क्लबका मिडफिल्डरलाई २५ मिलियन पाउण्डमा अनुबन्धन गर्न सहमत बनेको छ ।
लिभरपुल नयाँ सिजनका लागि थियागोलाई ४ बर्षका लागि सम्झौता गर्न राजी भएको हो ।
२९ बर्षका थियागो सन् २०१३ मा बार्सिलोनाबाट जर्मन क्लबमा आबद्ध भएका थिए । उनले गत सिजन बायर्नबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
उनले एनफिल्ड क्लबमा ६ नम्बरको जर्सी लगाउने समेत पक्का भएको छ ।
लिभरपुलले यस समर ट्रान्सफरमा दोस्रो खेलाडीको रुपमा थियागोलाई हस्ताक्षर गर्न लागेकाे हो ।
थियागोले बार्सिलोनाबाट फुटबल करियर सुरु गरेका थिए । उनी सन् २०१३ मा म्यान्चेष्टर युनाइटेड अनुबन्धनको निकै नजिक थिए ।
सर एलेक्स फर्गुसनलाई स्थानान्तरण गर्दै युनाइटेड सम्हाल्न आएका डेबिड मोयसको नेतृत्वमा उनी ओल्डट्राफोर्ड क्लब आउन असफल बने ।
तर बायर्न लागेका उनले च्याम्पियन्स लिग सहित ७ बुन्डेसलिगा, चार जर्मन कप र क्लब विश्वकपको उपाधि जित्न सफल भए ।