एजेन्सी । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ ।
नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जित दर्ता गरेको हो ।
बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई १–० ले हरायो ।
दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमा पीएसजीले तीन अंक बटुलेको हो ।
निलम्बनमा रहेको नेयमार बिना पीएसजी खेलमा उत्रिएको थियो ।
लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित बनेको थियो । सन् १९८४–८५ को सिजनपछि पहिलो पटक पीएसजी लिगको सुरुवाती दुई खेलमा हारेको हो ।
खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जित दिलाएका हुन् ।
घरेलु टोली पीएसजीले गोलकिपर किलोर नाभास, डिफेन्डर मार्किन्होस र फरवार्ड मौरो इकार्डीलाई बुधबारको खेलमा स्वागत गरेको थियो । पीएसजीका ७ खेलाडी कोरोना भाईरसको संक्रमण देखिएपछि एकान्तवासमा रहेका थिए ।
पीएसजीका मिडफिल्डर डी मारियाले गोलका केही अवसरहरु सिर्जना गरेपनि मेट्जका गोलकिपर एलेक्जेन्ड्रे ओकिडेजाले निराश बनाएका थिए ।
जितसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।