एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।
सन् २०१९/२० को सिजन बायर्नको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।
बायर्नले बुधबार लेवान्डोस्की प्लेयर अफ दि सिजन घोषित भएको जनाएको छ ।
लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन तीन उपाधि जितेको थियो ।
बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । जसमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।
गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए ।