एजेन्सी । जापानी फरवार्ड योशिनोरी मुटो स्पेनिस क्लब आइबरमा अनुबन्धित भएका छन् ।
ला लिगा क्लब आइबरले लोनमा मुटोलाई अनुबन्धन गरेको हो ।
प्रिमियर लिग क्लब न्युकासलबाट आइबरले एक सिजनको लागि लोनमा मुटोलाई अनुबन्धन गरेको हो ।
२८ वर्षीय फरवार्ड २०१८ मा मैन्जबाट न्युकासल आएका थिए ।
न्युकासलका लागि उनले २८ खेलमा २ गोल गरेका छन् ।
जापानका लागि उनले २९ खेलमा ३ गोल गरेका छन् ।