एजेन्सी । स्पेनिस मिडफिल्डर बोर्जा भालेरो इटालियन क्लब फियोरेन्टिना फर्किएका छन् ।
३५ वर्षीय मिडफिल्डर बोर्जा तीन सिजन इन्टर मिलानमा बिताएर फियोरेन्टिना फर्किएका हुन् ।
फियोरेन्टिनाले बोर्जालाई फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्धित गरेको हो ।
बोर्जा सन् २०१७ मा इन्टर गएका थिए । इन्टरका लागि ८२ लिग खेलमा ४ गोल गरेका थिए ।
इन्टर जानु अघि उनले फियोरेन्टिनामा पाँच वर्ष बिताएका थिए ।
फियोरेन्टिनाका लागि उनले २ सय १२ खेलमा १७ गोल गरेका थिए ।
फियोरेन्टिनाले उनलाई ६ नम्बरको जर्सी दिएको छ ।
स्पेनको लागि १ खेल खेलिसकेका बोर्जाले रियल मड्रिडको बी र सी टिमसहित मालोर्का र भिल्ला रियलबाट समेत खेलिसकेका छन् ।