एजेन्सी । साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आज (बुधबार) मेट्जसँग प्रतिस्पर्धा गर्दैछ ।
नयाँ सिजनको तेस्रो खेलको रुपमा पीएसजीले मेट्जसँग खेल्न लागेको हो । पीएसजी र मेट्जबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा मेट्जविरुद्ध मैदान उत्रदा पीएसजी पहिलो जितको खोजीमा हुनेछ । यस्तै पीएसजी पहिलो अंक जोड्न चाहन्छ ।
नयाँ सिजन दुई खेल खेल्दा पीएसजीले अंक जोड्न सकेको छैन । पीएसजी अघिल्ला दुई खेलमा पराजित भएको थियो ।
पीएसजी सिजनको पहिलो खेलमा लेन्स र दोस्रो खेलमा मार्सेलीसँग पराजित भएको थियो ।
तेस्रो खेलमा भने पीएसजी जित निकाल्न चाहन्छ । तर, मेट्जविरुद्ध पीएसजीसँग महत्वपूर्ण खेलाडी टिममा हुने छैनन् ।
नेयमार अघिल्लो खेलमा पाएको रातो कार्डको कारण मैदान उत्रने छैनन् । युवा स्टार केलियन एमबाप्पे कोरोना संक्रमणको कारण टिम बाहिर रहेका छन् ।
पीएसजीविरुद्ध मैदान उत्रदा मेट्ज पनि पहिलो जितको खोजीमा हुनेछ । मेट्जले पनि अघिल्लो दुई खेल गुमाएको थियो ।
यस सिजन पीएसजी १८ औं स्थानमा रहेको छ । मेट्ज १७ औं स्थानमा रहेको छ ।