एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचले आठ नम्बरको जर्सी लगाउने भएका छन् ।
यसै सिजन बार्सिलोना आएका मिडफिल्डरलाई क्लबले आठ नम्बरको जर्सी दिएको हो ।
बार्सिलोनाले मंगलबार औपचारिक रुपमा मिरालिमलाई सार्वजनिक समेत गरेको छ ।
३० वर्षीय मिडफिल्डरलाई बार्सिलोनाले सिजनको अन्त्यसँगै युभेन्ट्सबाट अनुबन्ध गरेको थियो ।
तर, कोरोना संक्रमण देखिएपछि बार्सिलोनाले उनलाई सार्वजनिक गरेको थिएन ।
कोरोना मुक्त भएपछि बार्सिलोनाले उनलाई सार्वजनिक गरेको हो ।
बोस्निया एण्ड हर्जगोभिनाका मिडफिल्ड सन् २०१६ मा रोमाबाट युभेन्ट्स आएका थिए ।
उनले टुरिनमा ४ सिरी 'ए' र २ कोपा इटालिया जितेका थिए ।