एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नश्लीय रुपमा क्लबका फरवार्ड नेयमारमाथि भएको दुर्व्यवहारमा ब्राजिली स्टारलाई बलियो सहयोग गर्ने बताएको छ ।
नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजले आफुमाथि नश्लीय दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
नेयमार सहित ५ खेलाडीले रातो कार्ड खाएको आईतबारको तनावपूर्ण गोन्जालेजलाई हातले हानेको आरोपमा पीएसजी स्टारलाई मैदान बाहिर पठाईएको थियो ।
ट्वीटरमा नेयमारले आफ्ना प्रतिद्धन्दीमाथि नश्लवादको आरोप लगाउँदै सम्बन्धित अधिकारीलाई यस घटनामा भारको उपयोग गरेर छानबिन गर्न अनुरोध गरेका छन् ।
मार्सेले घटनामा स्पष्टिकरण दिदै गोन्जालेजले कुनै नश्लीय टिप्पणी नगरेको बताएको छ ।
नेयमारले लगाउँदै आएको आरोपको फ्रेन्च क्लब मार्सेले खण्डन गरेको छ ।
‘गोन्जालेज नश्लीय हैनन् । उनी क्लबमा जोडिएपछि आफ्नो दैनिक व्यवहार हामीले हेर्दै आएको छौ । उनका सहकर्मी यसअघिनै बयान दिईसकेका छन् ।’ मार्सेले बिज्ञप्तीमार्फत भनेको छ ।
पीएसजीले भने नश्लीय विभेदको समाज र फुटबलमा कुनै स्थान नरहने बताएको छ ।
सोमबार छोटो बिज्ञप्ती जारी गर्दै क्लबले भन्यो, ‘एलएफपीको अनुशासन आयोगले तथ्यको जाँच र पत्ता लगाउनका लागि तयार छ ।’
‘क्लब कुनैपनि सहयोगका लागि तयारी अवस्थामा छ ।’ क्लबले भनेको छ ।
नेयमार सहित पीएसजीका लियान्ड्रो पेरेडेस र लेविन कुरजवा तथा मार्सेका जोर्डन अमावी र डारियो बेनेडेट्टोलाई रातो कार्ड दिदै रेफ्रीले मैदान बाहिर पठाएका थिए ।
मैदान बाहिरिने क्रममा नेयमारले चौथो अफिसियललाई आफुमाथि नश्लीय दुर्व्यवहार भएको बताएका थिए ।
लगत्तै स्पेनिस खेलाडी गोन्जालेजले समाजिक सञ्चालमा भने, ‘अपमान र नस्लवादलाई हाम्रो जिवनमा ल्याउने बिषयमा म सहमत छैन । म तिम्रो सम्मान गर्दिन । तिम्रो कुनै चरित्र छैन ।’
उनले नश्लवादको आफुमाथि लागेको आरोप लगाउँदै नेयमार खराब हरुवा भएको टिप्पणी गरे ।
एलएफपीका अनुशासन समितिको बैठक बुधार बस्नेछ । समितिले सबै ५ रातो कार्डको अनुसन्धान गर्दै अधिकारीको रिपोर्ट अनुसार थप कारबाहीको बिषयमा निर्णय लिनेछ ।