एजेन्सी । प्रिमियर लिगका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो चरणको परिक्षणमा प्रिमियर लिगका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबारसम्म करिब २ हजार १ सय ३१ खेलाडी तथा स्टाफको परिक्षण गरिएको थियो ।
चार जनाको रिपोर्ट पोजेटिभ देखिएकाले १० दिन एकान्तवासमा बस्नुपर्नेछ ।
‘क्लब र ब्यक्तिको बिषयमा लिगले विस्तृत जानकारी सार्वजनीक गरिएको छैन । तर नजिता सबै चरणको परिक्षण लगत्तै सार्वजनीक गरिनेछ ।’ लिगद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु भएको हो । कोरोना भाइरसका महामारीका कारण सन् २०१९–२० मा मध्य मार्चदेखि तीन महिना कुनै खेल भएन ।
सबै खेलहरु जुनबाट बिना दर्शक सुरु गरिएको हो ।