एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भरह्याम्पटनले विजयी सुरुवात गरेको छ ।
सोमबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै उल्भ्सले सुखद सुरुवात गरेको हो ।
सेफिल्डको मैदानमा उल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रोमेन साइसले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा जेमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको छैटौं मिनेटमा रोमेनले गोल गर्दै उल्भ्सलाई २-० को जित दिलाए ।
जितसँगै उल्भ्सले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । उल्भ्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।
सेफिल्डले भने हारबाट सिजनको सुरुवात गरेको छ ।