एजेन्सी । डिफेन्डर जोइ ब्रायन र मिडफिल्डर जोस ओनोमाले फुलहमसँग नयाँ सम्झौता गरेका छन् ।
प्रिमियर लिग क्लब फुलहमले सोमबार ब्रायन र जोसले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
दुबै खेलाडीले थप तीन वर्ष क्लबमा रहने गरी सम्झौता गरेको फुलहमले जनाएको छ ।
नयाँ सम्झौतासँगै ब्रायन र जोस आगामी २०२३ सम्म फुलहममा रहने छन् ।
२६ वर्षीय ब्रायन सन् २०१८ मा ब्रिस्टोल सिटीबाट फुलहम आएका थिए ।
गत सिजन च्याम्पियनसिपको प्ले अफ फाइनलमा ब्रायनले दुई गोल गरेपछि फुलहमले ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो । र, फुलहम प्रिमियर लिगमा फर्किएको थियो ।
२३ वर्षीय मिडफिल्डर जोस गत सिजन टोटेनहमबाट फुलहम आएका थिए । उनले फुलहमका लागि गत सिजन ३१ खेलमा ३ गोल गरेका थिए ।