एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा लेभान्टेले स्पानियोललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पानियोलको मैदानमा लेभान्टेलाई जित दिलाउन बोर्जा मायोरल र इनिस बार्धीले एक एक गोल गरे ।
लेभान्टेले एक गोल आत्मघाती उपहार पाएको थियो ।
स्पानियोलका एड्रिया पेड्रोसाले आत्मघाती गोल गर्दा डेभिड लोपेजले एक गोल फर्काए ।
खेलको १४ औं मिनेटमा बोर्जाले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । २८ औं मिनेटमा लोपेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
खेलको ६७ औं मिनेटमा इनिसले गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा एड्रियाले आत्मघाती गोल गर्दा लेभान्टे ३-१ ले विजयी भयो ।
जितसँगै लेभान्टेले ३८ अंक जोडेर लिगको ११ औं स्थानमा उक्लिएको छ । २४ अंक जोडेको स्पानियोल पुछारमा रहेको छ ।