एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शुक्रबार) शीर्ष स्थानको बार्सिलोनाले सेभियासँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी सेभियासँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
सेभियाको मैदानमा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ ।
लिग लिडर बार्सिलोना दोस्रो स्थानको रियल भन्दा २ अंकले अघि रहेको छ । सेभियालाई पराजित गरे बार्सिलोनाले अग्रता ५ अंकको बनाउने छ ।
तर, बलियो टिम सेभियाविरुद्ध जित निकाल्न बार्सिलोनालाई कठिन हुने देखिएको छ ।
सेभिया घरेलु मैदानमा जित निकाल्दै शीर्ष दुई टिमसँगको अंक दुरी घटाउने योजनामा हुनेछ । तेस्रो स्थानको सेभियाले ५१ अंक जोडेको छ ।
ला लिगा अन्तर्गत नै शुक्रबार ग्रानडाले भिया रियलसँग खेल्नेछ ।
त्यस्तै मालोर्काले लेगानेसको सामना गर्नेछ ।