एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइस स्वारेज चोटबाट मुक्त भएका छन् ।
घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका हुन् ।
बार्सिलोनाले शनिबार स्वारेज पूर्ण रुपमा चोटबाट मुक्त भएको जनाएको छ ।
बार्सिलोनाले क्लबको चिकित्सकले स्वारेज पूर्ण फिट भएको र ला लिगा अन्तर्गत अर्को साता तय मालोर्कासँग मैदान उत्रन तयार भएको भएको जनाएको छ ।
कोरोनाको कारण स्थगित ला लिगा जुन ११ बाट सुचारु हुँदैछ । जुन १३ मा बार्सिलोनाले मालोर्कासँग खेल्नेछ ।
स्वारेजले गत १२ जनवरीमा चोट बोकेका थिए । उनको दायाँ घुँडाको चोटको शल्यक्रिया गरिएको थियो ।
घुँडाको शल्यक्रिया गरेको १ सय ४७ दिनपछि स्वारेज पूर्ण फिट भएका हुन् ।
स्वारेजले अन्तिम पटक स्पेनिस सुपर कप अन्तर्गत जनवरीमा एट्लेटिको मड्रिडविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।
स्वारेजले यस सिजन २३ खेलमा १४ गोल गरेका छन् ।