एजेन्सी । इंग्ल्यान्डको वुमन्स सुपर लिगको उपाधि चेल्सीले जितेको छ ।
कोरोना भाईरसको कारण स्थगित लिगको सिजन समाप्त गरिएसँगै चेल्सीले उपाधि जितेको हो ।
गत मार्चबाट स्थगित लिग समाप्त गर्न शुक्रबार क्लबहरु राजी भएका थिए ।
लिग समाप्त भएसँगै म्यानचेस्टर सिटीलाई प्रति खेल अंकको आधारमा पछि बनाएर चेल्सी च्याम्पियन बनेको हो ।
कोरोनाले लिग स्थगित हुँदा सिटी १६ खेलमा ४० अंकसहित शीर्ष स्थानमा रहेको थियो । चेल्सी १५ खेलमा ३९ अंकसहित दोस्रो स्थानमा रहेको थियो । आर्सनल ३६ अंकसहित तेस्रो स्थानमा रहेको थियो ।
यस सिजन १४ खेलमा ६ अंक सहित पुछारमा रहेको लिभरपुल च्याम्पियनसिपमा झरेको छ ।
यस्तै एस्टन भिल्ला च्याम्पियनसिपबाट शीर्ष डिभिजनमा उक्लिएको छ ।