एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल बेलायतमा सर्वाधिक मन मर्ने फुटबल क्लब बनेको छ ।
एक सर्भे अनुसार बेलायतमा लिभरपुल 'फेभरेट' फुटबल टिम भएको देखिएको छ ।
युगोभ सर्भेले गरेको सर्वेक्षण अनुसार म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै लिभरपुल 'फेभरेट' टिम बनेको हो ।
सर्वेक्षणमा लिभरपुलको पक्षमा ८.३ प्रतिशतले मतदान गरेका छन् । युनाइटेडको पक्षमा ६ प्रतिशतले मतदान गरेका छन् ।
यस सिजन लिभरपुल प्रिमियर लिगको उपाधि नजिक रहेको छ । दोस्रो स्थानको सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल दुई जितपछि च्याम्पियन बन्नेछ ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिग जुन १७ बाट सुचारु हुनेछ ।
यस्तै सर्वेक्षण अनुसार चेल्सी तेस्रो, म्यानचेस्टर सिटी चौंथो र आर्सनल पाँचौं स्थानमा रहेका छन् ।
त्यस्तै टोटनहम, वुल्भ्स, न्युकासल, एभर्टन र एस्टन भिल्ला क्रमशः छैटौंबाट दशौँ स्थानमा रहेका छन् ।