एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कर छलीको आरोप जेल सजाय सुनाईएको छ ।
स्पेनको एक अदालतले बिहिबार कोस्टालाई ६ महिनाको जेल सजाय सुनाएको हो । यस्तै अदालतले उनलाई ४ लाख ८२ हजार पाउन्ड जरिवाना समेत गरेको छ ।
सन् २०१४ मा चेल्सी सरुवा हुँदा कोस्टाले १ मिलियन युरो भन्दा बढी राज्यलाई ठगेको बताईएको छ ।
यस्तै तस्बिर अधिकारवापतको १ मिलियन युरो भन्दा बढी सार्वजनिक नगरेको उनलाई आरोप लगाईएको थियो ।
तर, ६ महिना जेल सजाय पाएपनि उनले जेल भने बस्नु पर्ने छैन । स्पेनको कानुन अनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्ष भन्दा कम जेल सजाय पाएमा जरिवाना तिरेपछि जेल जानु पर्दैन ।
कोस्टा सन् २०१७ मा पुन: एट्लेटिको फर्किएका थिए ।